२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ५, आइतवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
नेपाली वैज्ञानिक उदयराज खनाल
– शरद महतारा
सन् १९९८ मा ष्लतभचलबतष्यलब िव्यगचलब िया mयमभचल एजथकष्अभ ब्ज्ञघ  ९ज्ञढढड, उउ द्दढठढ(द्दढढण्० मा १९९८ मा एउटा अनुसन्धान पत्रमा ९च्भकभबभअज उबउभच ० प्रकाशीत भयो । “कुनै सुचलक माध्यममा भएका कणहरूको ग्रुप गति ९न्चयगउ चभयिअष्तथ ० प्रकाशको गति भन्दा  पनि बढी हुन्छ”  भन्ने  नतिजा यस अनुसन्धान पत्रमा सैद्धान्तिक पुष्टिसहित उल्लेख गरिएको थियो । यस तथ्यले सिड्डो भैतिक विज्ञानको जगतमै ठूलो हलचल ल्याएको थियो  किनकि यदि यो नतिजा प्रयोगात्मक रूपमै पुष्टि भएको भए महान वैज्ञानिक अल्वर्ट आइन्टाइनको सापेक्षतावादि सिद्धान्त ९तजभयतथ या च्भबितष्यष्तथ० नै गलत सावित हुन्थ्यो । अल्वर्ट आइन्टाइनले प्रतिपादन गरेको  सपेक्षतावादी सिद्धन्त भौतिक विज्ञानको एउता स्थापित सिद्धान्त हो । उक्त अनुसन्धान पत्रको सैद्धान्तिक नतिजा आजसम्म पनि  अध्ययन अनुसन्धानकै क्रममा छ र यसको  प्रयोगात्मक पुष्टि अझैसम्म हुनै सकेको छैन । हाम्रा लागि खुसीको कुरा के छ भने भौतिक विज्ञानको जगतमा हड्डामा मच्चाउन सफल यस अनुसन्धान पत्रको नतिजा प्रस्तुत गर्ने सिद्धान्तकार हाम्रै नेपाली वैज्ञानिक हुन् । उनी हुन भैतिक शास्त्री प्रा .डां. उदयराज खनाल । आज भोलि नेपालमा भौतिक शास्त्र भन्ने बित्तिकै उदयराज खनालको नाम उच्चरण भइहाल्छ । यी वैज्ञानिक नेपालमा भौतिक शास्त्रको प्रयाय नै बनेका छन् । सन् १९५५, जनवरी १४ का दिन आमा  कमला खनाल र बाबु यदुनाथ खनालले यस्ता होनाहार वैज्ञानिक प्रतिभालाई जन्म दिएका थिए । जन्म मात्र होइन राम्रो कर्म दिएकाले नै आज उदयराजले यस्तो विशिष्ट स्थान बनाउन सफल भएका हुन् । हाल  त्रिभुवन विश्वविद्यालय केन्दीय विभागमा भैतिक शास्त्र अध्यापनरत यी भौतिक शास्त्रीले भौतिक विज्ञानतर्फ आकर्षित हुनु र सफल हुनुकै श्रेय आफ्नै पिता यदुनाथ खनाललाई दिन्छन । विभिन्न देशहरूको लागि नेपाली राजदुत भएर काम गरेका यदुनाथ खनाल नेपाली इतिहाँसको आफैमा अर्को ठूलो नाम हो । बाबुुकै कारणले उनले आफ्नो  शिक्षादिक्षा संसारका नाम चलेका विश्वविद्यालयबाट पूरा गर्ने सौभाग्य प्राप्त गरेका थिए । उदयराज खनालले सेन्ट कोलम्विया स्कूल डिल्लीबाट एस.एल.सी.,सेन्टजेभिएर कलेज काठमाडौंबाट सिनियर क्याम्विज कोर्ष
(एलेवल) फ्लोरिडा एटलान्टिक विश्वविद्यालय अमेरिकाबाट बिएसी र दिल्ली विश्वविद्यालय भारतबाट एम् एस्. सी., एम.फिल र पि. एच. डी. हाँसील गरेका थिए । “हुने विरूवाको चिल्लो पात” भनेझै उदयराज सानैदेखि आफ्नो अध्ययनमा गहिरो अभिरूचि राख्ने मेधावी छात्र थिए । कक्षा ८ मा डिल्ली पढ्दादेखि नै उनले एउटा सफल भौतिक शास्त्री बन्ने  जीवनको लक्ष्य निर्धारण गरेका थिए । सानैदेखि जिज्ञासु स्वभावका  उदयराज खनालले विद्युतीय बल्वबारे जान्ने इच्छा देखाएर बुबासँग प्रश्न गरेका थिए , “बल्वले कसरी काम गर्छ ?” उनको बुबाले उनको जिज्ञासा समाधान गरे र भने, “राम्रो सँग बुझ्न मन लाग्यो भने भौतिकशास्त्र पढ्नुपर्छ । यसबारे त्यहाँ पढाइ हुन्छ ।” त्यसपछि उदयराजले एकाएक भैतिकशास्त्र पढेरै प्रकृतिका नियमबारे बुझ्ने संकल्प गरेका थिए । संसारकै सबैभन्दा कठिन विषय मध्ये एक मानिने भौतिकशास्त्र अध्यायन अध्यापनको क्रममा उदयराजले कहिलै गाह्रोको अनुभुति गरेनन् । उनलाई भौतिकशास्त्र बुझ्न कठिन नलाग्नुको पछाडि आफ्नो राम्रो गणित र विज्ञानको जग नै हो जुन जग  आफ्नै बाबु यदुनाथले स्थापित गरेका थिए । त्यतिबेला फ्लोरिडा विश्वविद्यालय अमेरिकाबाट वि.एस.सी.गर्ने उनी एक्ला नेपाली थिए । डिल्ली विश्वविद्यालय, भारतबाट एम्.एस.सी. सकेर उदयराज खनाल नेपाल फर्केका थिए । करीव १० महिना सिद्धनाथ क्याम्पस, महेन्द्रनगरमा आइ.एस.सी. अध्यापन गराई पुनः एम.फिल र पि.एच. डी. को लागि डिल्ली विश्वविद्यालय फर्केका थिए । आफ्नो पि.एच्.डी. समाप्तीपछि  करीव ३ दशकदेखी  अनवरत रूपमा उदयराज केन्द्रीय विश्वविद्यालय किर्तीपुरमा भौतिकशास्त्र अध्यापनरत छन् । उनका खोज अनुसन्धन पत्रहरू नाम चलेका अन्तर्राष्ट्रिय जर्नलहरू समेत प्रकाशित छन । डा. खनालले भौतीक विज्ञानमा पु¥याएको योगदान वापत सन् १९८९ मा यूवा वैज्ञानिक पुरस्कार लगायतका थुप्रै पुरस्कारहरूबाट समेत पुरस्कृत छन् । कम बोल्न रूचाउने उदयराज खनाल विषयवस्तु सम्बन्धी गहिरो ज्ञानको कारण विश्वविद्यालयकै एउटा हस्ती बनेका छन् ।  
उनले नेपालमा भैतिक शास्त्रको प्रशस्त सम्भावनाहरू देख्छन तर भौतिक शास्त्रको व्यवहारीक प्रयोगमा भने प्रशस्तै चुनौती समेत देख्छन् । यदि देशको विकास गर्ने हो भने सर्वप्रथम विज्ञानकै विकासमा जोड दिनुपर्ने उनको मान्यता छ । प्रसिद्ध नोवेल पुरस्कार विजेता भौतीक शास्त्री अब्दुल कलामलाई उद्धृत गर्दै उदयराज भन्छन्, “भौतिकशास्त्र धनको विज्ञान हो । यदि गरिव मुलुकले भौतिकशास्त्रमा लगानी गरे भने गरिबी निवारणमा धेरै वर्ष कुर्नु पर्दैन ।” उदयराज सम्झन्छन भौतिकशास्त्री अब्दुल कलाम सन् १९८९ मा नेपाल आउँदा नेपाललाई भौतिकशास्त्रको अन्तर्राष्ट्रिय केन्द्र बनाउने प्रस्ताव गरेका थिए । तर हाम्रा वैज्ञानिक नेतृत्वले उनको यस प्रस्तावलाई स्विकार नगरेको कारण नेपालमा भौतिकशास्त्र पछाडि परेको उदयराजको आरोप छ । उनी भन्छन अब्दुल कलामको यस प्रस्तावलाई स्किारेको भए नेपालका वैज्ञानिक विदेश पलायन त रोकिन्थ्यो–रोकिन्थ्यो, विदेश गइसकेका नेपाली वैज्ञानिकहरूलाई आफ्नै देशमा फर्काउन सकिन्थ्यो ।” भौतिक विज्ञानको वातावरणको क्षेत्रमा, जलस्रोत र कृषिमा समेत सफल प्रयोग गरेर अघि बढ्नुपर्ने तर्क पेश गर्ने उदयराज नेपालको राजनीतिप्रति निकै चिन्तत देखिन्छन् । “कहिले राजनीतिको गाँठो फुक्ने, कहिले संविधान बन्ने र कहिले विज्ञानले महत्व पाउने ?” भन्ने प्रश्न गर्दै उदयराज आशावादी हुँदै भन्छन् “अब त राजनीतिले विज्ञानलाई महत्व दिन्छ कि ?”  
( प्रा.डा. उदयराजसँगको प्रत्यक्ष कुराकानी आधारित )

फर्कनुहोस्
Comments (1 posted)
King on 2012-08-07 09:59:20

" Check that off the list of things I was cnoufesd about. "
Advertisement Goes Here...


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
वर्तमान परिस्थितिमा राजनीतिक निकासको प्रश्न
नेपालको तात्कालिक राजनीतिक परिस्थिति र संविधान निर्माणको प्रश्न
नेपालका शासक मन्डलीको कृषिप्रति नकारात्मक दृष्टि
कमजोर बन्दै गएको नेपाली राष्ट्रियता
समाज विकासको भौतिकवादी दृष्टिकोण
राजनीतिप्रतिको वितृष्णा किन ?
एनजिओमाथिको परनिर्भरता र दुरगामी असरहरू
गैरसरकारी संस्थाहरूमा हुने अनियमिततालाई कसले रोक्ने ?
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal