२०७६ वैशाख ५ गते, बुधबार   वर्ष ३६, अङ्क २२
मिति(२०७६ वैशाख १०, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
दक्षिण एसिया र नेपालमा आर्य जातिको झलक
– मोदनाथ प्रश्रित 
आर्य जातिको मूल उद्गम क्षेत्र मध्य एसिया मानिन्छ। त्यहींबाट पश्चिम एसिया र युरोपतिर त्यसको विस्तार हुँदै गयो। विशाल हिमाली क्षेत्रको कारणले शुरूमा दक्षिण एसियातिर आर्यहरू ओर्लन चाहेनन्। पश्चिमतिर आफ्नो अनुकूल हावापानी हुनाले पहिले त्यतैतिर लागे।  
पूर्वी एसिया मंगोल जातिको मूल क्षेत्र हो।  त्यहींबाट उत्तर र दक्षिणतिर त्यो जाति फैलिंदै गयो। निग्रो जातिको मूल भूमि अफ्रिका हो। त्यसकै शाखा अस्टे्रलियामा हुर्क्यो, जसलाई आस्ट्रिक वा आग्नेय जाति भनिन्छ।  
दक्षिण एसिया यी सबै जातिको मिलन केन्द्र हो। उपर्युक्त तीन जातिको मिश्रणबाट 145द्रविड146 उपजाति बन्यो। द्रविड समुदायमा हामी दुईखाले अनुहार देख्दछौं। आर्य र निग्रोको सम्मिश्रण इजिप्ट, अरब, इरान हुँदै दक्षिण एसियामा फैलियो। यो अग्लो शरीर, ठूलो टाउको, मझौला नाक र ओठ, केही घुमि्रएको रौंवाला हुन्छ। दक्षिण भारत र श्रीलंकामा यो समुदाय बढी देखिन्छ। शरीरको रंग कसैको बढी कालो र कसैको हलुका कालो हुन्छ।  
आस्ट्रिक र मंगोलको मिश्रण दक्षिणपूर्वी एसियाका विभिन्न टापुमा हुँदै थाइल्या48ड र म्यान्मारको बाटो बंगाल र उडिसातिर आउँदै रह्यो। यसको शरीर होचो, गोल र केही सानो टाउको, घुमि्रएका रौं, वर्णकालो, मंगोलको  भन्दा केही ठूलो थेप्चो या डल्लो नाक हुन्छ। भारतको पूर्वी दक्षिणी भागतिर यो बढी भेटिन्छ।  
विश्वभरका तीन प्रमुख मानव शाखाको यो सम्मिश्रण आदिम घुमन्ते अवस्थामा हुने सम्भावना कम थियो। इ.पू. दस हजार वर्षको आसपासदेखि क्रमशःगाउँहरूको बस्ती विस्तार हुने क्रममा मूल जातिहरूबीचमा सम्मिश्रणको सम्भावना बढ्दै गयो। पुरातत्वका अवशेषहरूले हामीलाई बताउँछ–सिन्धु नदीको किनारको प्राचीन मोहोन जोदाडो र हडप्पाका भग्नावशेषहरू द्रविड सभ्यता र संस्कृतिसित सम्बन्धित थिए। बैदिक संस्कृतिभन्दा पहिले दक्षिण एसियामा द्रविड समुदायले नै शिव संस्कृतिको जग बसालेको देखिन्छ।  
बैदिक आर्यभन्दा पहिले नै यहाँ आय आए 
145वैदिक आर्यहरूले सिन्धु नदी तरेदेखि नै दक्षिण एसियामा आर्य जातिको प्रवेश हुँदै गएको हो146 भन्ने एकप्रकारको रूढ धारणा अहिलेसम्म चल्दै आएको छ। त्यसलाई बिल्कूल गलत सावित गर्ने सबभन्दा बलियो जीवित प्रमाण स्वयं द्रबिड जाति नै हो। किनभने आर्य, निग्रो (आस्ट्रिक) र मंगोलको समन्वयबाट द्रबिड जाति बनेको कुरा मृतत्व शास्त्रले प्रमाणित गरिसकेको छ। पौराणिक कथाअनुसार रक्ष(निग्रो मुलका सुमालीकी छोरी कैकसी र आर्य मूलका पुलस्त्यका छोरा विश्रबाको विवाहबाट रावणको जन्म भएको थियो। दुई जातिको समन्वयको रोचक प्रमाण हो यो। 
एसिया, यूरोप, अफ्रिका, अस्टे्रलिया चार महादेशको ठीक बीचमा पर्छ दक्षिण एसिया। येा भूमि चारै महादेशका मानिस आवतजावत गर्ने, इतिहास पूर्वदेखि कै मूल बाटो हो। संसारका आदिम घुमन्ते जातिहरू आहार र अरू सुविधायुक्त भूभागको खोजीमा द्वीप,द्वीपान्तर घुम्दै रहन्थे। तिनीहरूलाई रोक्ने कुनै राज्य या सेना कतै थिएन। कुनै व्यवधान थियो भने ठूला समुद्र र हिमाल जस्ता अगल्ा पहाड मात्र थिए। दक्षिण एसिया नदी, जंगल, पहाड–समथर फल, कन्दमूल, माछा, मासु आदिले भरिएको न्यानो उर्बर भूमि थियो। त्यसैले सबैतिरबाट घुम्दै–फिर्दै यहाँ आइपुग्ने घुमन्ते कविलाहरू अनेक सुविधा देखेपछि सकेसम्म यतै बस्ने प्रयत्न गर्थे। त्यही क्रम अहिलेसम्म  चल्दै आएर नै दक्षिण एसिया संसारकै सबभन्दा सघन बहुजातीय बसोबासको थलो बन्न पुगेको हो।  
पौराणिक चार युगको काल गणनामा सत्य, त्रेता, द्वापरको अवधि अपत्यारिलो छ। तर कलिसंवत भने विक्रमको  २०६६ मा ५११० पुगेको छ। यो विविध प्रमाणद्वारा सत्यको नजिक देखिन्छ। ऋग्वेदको समय विभिन्न अन्वेषकले इ.पू. २००० देखि ३००० को बीच मानेका छन्। ऋग्वेदमा अनु, यदु, तुर्वसु, दु्रहयु आदि जस्ता आर्यमूलका जातिहरूको उल्लेख पाइन्छ। ती मध्ये यदुवंशीहरूका पौराणिक कथा प्रशस्त भेटिन्छन् र अहिलेसम्म त्यो जाति दक्षिण एसियामा व्याप्त छ र त्यही नामले प्रसिद्ध छ। यदुवंशका पूर्वज ययातिले दैत्य गुरू शुक्रकी छोरी देवयानीसँग विवाह गरेका थिए। ययाति कुलका प्रसिद्ध पूर्वजमा नहुष, अम्बरीष आदिको उल्लेख पुराण कथाहरूमा छ। यदुवंशमा जन्मेका कृष्णको समय कलि शुरू हुनुभन्दा थोरै अगाडि मानिएको छ। पौराणिक कथाहरूले महाभारतकाल ऋग्वेदभन्दा पछिको जस्तो देखाए पनि थुप्रै पौराणिक कथाहरू ऋग्वेदकालभन्दा पुराना  मानिएका छन्। कलिसंवतको थालनीभन्दा अघि कृष्णको समयमा दक्षिण एसियामा यदुवंशीहरूको संख्या ठूलै थियो। यदुवंशी संग्राममा हजारौं यादवहरू मरेको उल्लेख भेटिन्छ। यसबाट थाहा हुन्छ। बैदिककालभन्दा अघि नै आर्यमूलका मानिस  दक्षिण एसियामा फैलिसकेका थिए ।  
नेपालमा आर्यमूलका जातिहरूको प्रसार 
ऋग्वेदका प्रारम्भिक ऋचाहरूको रचनाकालतिर नै गणराज मिथि र गौतम रहुगणले मिथिला जनपदको स्थापना गरिसकेका थिए। यस कुरालाई वैदिक सन्दर्भहरूले नै पुष्टि गरेका छन्। गौतम रहुगण र उनका छोराले रचना गरेका दुई सयभन्दा बढी ऋचा र ऋग्वेदको प्रथम म48डलमा संकलित छन् (सन्दर्भ–145मिथिलामा रचिएका ऋग्वेदका ऋचा146 कान्तिपुर २०६५/०४/०४)। 145यजुर्वेद146 यज्ञसम्बन्धी वैदिक ऋचहरूको संकलन हो। शुक्ल यजुर्वेदको सम्पादन मिथिलाका गणराद्ध शिरध्वज जनकका दरबारका दार्शनिक याज्ञबल्क्यले गरेका थिए। त्यसैले दक्षिण एरियामा र मिथिला क्षेत्रभित्रै पनि वैदिक यज्ञहरूको परम्परा व्यापक भएको स्पष्ट हुन्छ। मिथिला क्षेत्रमा ठूल्ठूला दार्शनिक सभा भइरन्थे। ती सभामा गार्गी, मैत्रेयीजस्ता विदुषी र कहोड, अष्टावक्र आदि विद्वानको पनि प्रसंग आउँछ। दर्शन चर्चा र यज्ञप्रसंगमै केन्द्रित 145बृहदार48यक उपनिषद्146 को रचना मिथिलामा नै भएको प्रमाण त्यस ग्रन्थभित्र छन्। यी प्रसंगले दक्षिणएसियामा फैलिएका प्राचीन आर्यहरूको महत्वपूर्ण क्षेत्र मिथिला (जनकपुर) अर्थात् नेपाल भूमि भएको कुरा कुनै सन्देह छैन। 
इ.पू.छैठौं शताब्दीका गौतम बुद्धको दर्शन र समाज सुधारको मूल उद्देश्य समाजमा फैलिएको वैदिक धर्मको वर्णव्यवस्था (जातपात, छुवाछूतको भेदभाव) समाप्त गरी मानवीय समानता कायम गर्नु थियो। यसबाट स्पष्ट हुन्छ, तत्कालीन कपिलवस्तु र त्यसको वरिपरी वर्णव्यवस्था जटिल हुँदै गएर मानवताको गरिमा छिन्नभिन्न भएको थियो। कपिलवस्तुका शाक्य र देवदहका कोलियहरू क्षत्रिय वंशी भएको उल्लेख बौद्ध साहित्यमै छ। शुद्धोदनको दरबारमा ब्राह्मण पुरोहितहरू रहेको कुरा बौद्ध साहित्यले बताउँछ। स्वयं गौतमबुद्धको नामाकरण लगायतका संस्कार वैदिक विधिबाट भएका थिए। अहिले ब्राह्मण कुलमा जन्मने जुनसुकै मानिसले आफूलाई ब्राम्हण भन्ने गर्छन्। तर, गौतमबुद्धले कस्तो कस्तो आचरण हुने मानिसलाई मात्र ब्राह्मण भन्न सकिन्छ भन्ने स्पष्ट धारणा व्यक्त गरेका सूत्र 145धम्मपद146 मा संकलित छन्।  
यदुवंशी यादवहरू आर्यमूलका हुन् र वैदिक युगभन्दा अघि नै दक्षिण एसियामा तिनीहरू फैलिइसकेको सन्दर्भ उल्लेख भइसक्यो। नेपालको वाग्मती उपत्यकामा इ.पू. १२०० तिर आएका पशुपालक यादवहरूका अनेक प्रसंग गोपाल वंशावलीमा उल्लिखित छन्। काठमाडौंमा धेरै पहिले पुरिएको पशुपतिको शिवलिंग गोपालहरूले नै पत्ता लगाएर बाहिर निकाली पुनःस्थापित गरेको कुरा वंशावलीले  बताउँछ।  
गौतमबुद्ध जीवित छँदै कपिलवस्तुमा कोशलका राजा विदूधवले आक्रमण गरी हजारौं शाक्यको संहार गरेको उल्लेख बौद्ध साहित्यमा छ। शाक्यहरूको संहार गरिएको ठाउँ कपिलवस्तुमा 145सगरहवा146 नामले प्रशिद्ध छ। त्यो नरसंहारबाट त्रस्त भएका असंख्य शाक्यवंशीहरू वाग्मती उपत्यका लगायत पहाडी क्षेत्रतिर निस्केका सन्दर्भ विभिन्न ग्रन्थमा छन्। तीमध्ये ब्राह्मण, क्षत्रिय,  वैश्य, शूद्र आदि सबै थिए। 
बुद्धकालभन्दा अघिदेखि नै दक्षिण एसियामा फैलिएको ब्राह्मण, क्षत्रिय र वैश्य वर्णका बौद्धिक व्यक्तित्व विविध साधना अर्थात् तपस्या र अन्वेशकका निमित्त महाभारत पर्वत श्रृंखला र हिमाल निकटका नदी र पहाडतिर निस्कन्थे। भृगु, देवदत्त, विश्वामित्र, दुर्वासा, और्व, पुलस्त्य, शुंगी आदि ऋषिका प्राचीन तपोभूमि या आश्रमका पौराणिक कथा स्कन्दपुराणलगायत अनेक ग्रन्थमा पाइन्छन्। 
आयुर्वेदको उद्गम र विकासका हिमाली क्षेत्रको विशेष भूमिका रहेको छ र आयुर्वेदको प्रसिद्ध ग्रन्थ 145चरकसंहिता146 मा हिमालको नजिक अंगिए, जमदग्नि, वशिष्ठ भृगु, आत्रेय, गौतम, भारद्वाज, विश्वामित्र वादायण, विस्वामित्र, च्यवन आदि बाउन्नजना ऋषिले सम्मेलन गरी आयुर्वेदको अध्ययन र अनुसन्धानमा जोड  
दिनुपर्ने निर्णय गरेको प्रसंग छ, (सूत्रस्थान अ. १/६ –१८)। 
यी सब प्रसंगले नेपालमा आर्यमूलका मानिसहरू ऋग्वेदकालभन्दा अगाडिदेखि नै आएर बसोबास गरी वेद, उपनिषद्, स्मृति, दर्शन, योग, आयुर्वेद, कृषि, पशुपालनलगायत विविध प्राविधिक विकासमा योगदान गर्दै आएको स्पष्ट हुन्छ। 
मगध राज्यको आक्रमण र दमनपछि इ.पू. तेस्रो दोस्रो सताब्दीदेखि विहारका क्षत्रिय वंशी लिच्छविहरू आफ्ना ब्रह्मण, पुरोहित र बौद्ध भिक्षुहरूसहित नेपालतिर पसेका थिए। त्यसरी नै पसेका थिए– कोशी राज्यबाट पीडित कुशीनगरका मल्लहरू पनि। लिच्छविहरूले दोस्रो शताब्दीदेखि आठौैं शताब्दीसम्म नेपालमा राज्य नै चलाए। पाँचौंदेखि आठौं शताब्दीसम्म लिच्छविकालमा नेपालमा संस्कृत भाषालाई राजकीय भाषा बनाइएको थियो। प्रायः सबै शिलालेख र अधिकांश ग्रन्थ संस्कृति भाषामै लेखिएका थिए। त्यसबेला नेपालमा हिन्दू धर्मअनुसारको वर्णव्यवस्था लागू गरिएको थियो, जसमा ब्राहमण, क्षेत्रीदेखि चा48डालसम्मका अठार प्रकृति (जात)को व्यवस्था गरिएको थियो। 
अहिले नेपालका पहाड र तराईमा मैथिली, गौड, कान्यकुब्ज, सरयूपारीण, सारस्वत, पूर्विया, कुमाई, भूमिहार, खस आदि अनेकथरी ब्राह्मण समुदाय छन्। त्यसरी नै शाह, ठकुरी, मल्ल, खस, राजपूत, कर्चौलिया, यादव, राय, राउत, किस्नौत आदि क्षेत्रीय समुदाय छन् तर तराईमा बनियाँ, कर्ण, मल्लिक, दास, अम्वष्ठ, श्रीवास्तव, देव, कानु, कलवार आदि अनेक समुदाय वैश्य मानिन्छिन्। शूद्र समुदायमा केवट, धानुक, कुर्मी आदि मानिन्छन् भने दलित (शूद्रविशेष) मा पहाडमा कामी, दमाई, सार्की आदि र तराईमा दुसाध, चमार, खत्वे, तत्मा, डोम आदि छन्। यो वर्णव्यवस्था प्राचीन हो, अहिले यसको सन्दर्भ फाट्दै गएको छ।  
अहिले नेपालमा एकथरी मानिसले बाहुन–क्षेत्रीहरू भारतमा मुसलमानको आक्रमणबाट बच्न शरणार्थीका रूपमा यहाँ आएका हुन्, हामी मात्र सच्चा आदिवासी भूमि सन्तति हौं भन्ने हल्ला गरिरहेको सन्दर्भमा यस लेखमा उल्लिखित सन्दर्भहरूतिर सबको ध्यान गए इतिहासका तथ्य खुल्लान् कि?

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
सत्रौं राष्ट्रिय सम्मेलनपछि अखिल (छैठौं)को भूमिका
पुँजीवादी विश्वव्यापीकरण र हामी
जनताको आशाको केन्द्र राष्ट्रिय जनमोर्चा
महाकाली सन्धि र संकल्प प्रस्ताव
संघीयताको विकल्प
संस्कृतिमा भूम48डलीकरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal